पोखरामा श्रीमतीको घाटी थिची हत्या गरेको आरोपमा रत्नबहादुर प्रकाउ
पाेखरा | पुस १२, २०८०
पोखरा: पोखरामा आफ्नै श्रीमतीलाई तोरी बारीमा लगी घाटी थिचेर हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले प्रकाउ गरेको छ । बिहीबार दिउँसो श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले उनका श्रीमानलाई प्रकाउ गरेको हो ।
म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकम स्थायी घर भई पोखरा–२९ नौबिसे चोक बस्दै आएका ३६ वर्षीय रत्नबहादुर घर्तीले आफ्नै २९ वर्षीय श्रीमती रेखा घर्तिलाई घर नजिकको तोरी बारीमा लगेर हत्या गरेको आरोपमा प्रकाउ गरेको हो । प्रहरीले नौबिसे चोक बस्दै आएका रत्नबहादुर विश्वराज पौडेलको तोरी बारीको कान्लामा श्रीमतीको घाटी थिचेर हत्या गरेको आरोपमा प्रकाउ गरेको हो ।
श्रीमतीको हत्या गरेको आरोपमा प्रकाउ परेका रत्नबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् । अखिल ने...
पाेखरा: कास्की क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सहिदको शालिकमा माल्यार्पण गरेर घेटघाट शुरु गरेको छ । सो क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवार राजकाजी गुरुङसहितको टोलीले...
पोखरामा प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा पोखरामा आजदेखि अन्तर माध्यमिक विद्यालय क्रिक...

